नेपाली केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीहरूको प्यारो संस्थाको रूपमा वि.स.२०४६ सालमा साहित्य-कुञ्जको जन्म भएको हो।यस संस्थाले नेपाली भाषाको विकासका लागि विगतमा निकै राम्रो काम गरेको छ। कुञ्जिनी नामक समालोचनाप्रधान पत्रिकाले नेपाली भाषासाहित्यमा उल्लेखनीय योगदान पनि पुर्याएको छ। नेपाली साहित्यको श्रीवृद्धिमा यसको योगदानको कदर गर्नै पर्छ। प्रत्येक वर्ष निर्वाचनद्वारा कार्यसमिति छनोट गरिने साहित्य-कुञ्ज युवा साहित्यकारहरूको उर्जाशील संस्था हो।
यस संस्थाका पूर्व अध्यक्षहरू१.दीपकप्रकाश सिवाकोटी (०५६/०५७)
२.मुकुन्द घिमिरे (०५६/०५७०
३.सायतमान राई (०५७/०५८)
४.नवराज रेग्मी (०५८/०५९)न
५.प्रेमनारायण भुसाल (०५९/०६०)
६.अशोक थापा (०६०/०६१)
७.घनश्याम घिमिरे (०६१/०६२)
८.डिजन भट्टराई (०६२/०६३)
९.देवेन्द्र नेपाल (०६३/०६४)
१०.उमेश घिमिरे(वर्तमान)
नेपाली भाषासाहित्यको श्रीवृद्धिमा यति मूल्यवान् योगदान दिएको साहित्य कुञ्ज इतिहास बन्यो भन्दा यस ब्लग व्यवस्थापक तर्फबाट मलाई निकै दुख लागेको छ।यदि यो साँच्चिकै सधैँका लागि बन्द गरिएको हो भने इतिहासमा निकै ठूलो भुल भएको छ।नेपाली भाषासाहित्यका सरोकारवालाहरू यस विषयमा गम्भीर भएर लग्नु पर्छ।बन्द गर्नु पर्ने कारणहरू यस मिति सम्म थाहा लाग्न सकेको छैन।
2056 bhanda agadi ka haru ko nam pani ullekh garidinu bhaye romro hunthyo ki?
ReplyDeleteहो यसमा म सहमत छु तर सूचना प्राप्त गर्न नसकेर हो।यदि यहाँ सँग छ भने कृपया उपलब्ध गराइदिनु होला। kazithapa@gmail.com मा।
ReplyDelete