
नेपाली गीत गजल क्षेत्रका विशिष्ट व्यक्तित्व तथा नेपाली केन्द्रीय विभागका सह-प्राध्यापक डा. कृष्णहरि बराल अमेरिकाको पारिवारिक भ्रमणका क्रममा कार दुर्घटनामा परी घाइते हुनु भएको कुरा सुमन बास्कोटाले जानकारी दिनु भयो। अमेरिकी सहर बोष्टनबाट ओहायो जाने क्रममा पत्नी सुष्मा, छोरा स्वप्नील र छोराको साथी सन्तोष अधिकारी समेत चढेको सो गाडी २ जेनवरीको साँझ पेन्सिलभेनियामा दुर्घटनाग्रस्त भएको थियो ।
गाडीमा सवार चारैजनालाई एम्बुलेन्सव्दारा तत्काल सटेट पार्क स्थित माउन्ट निट्टी मेडिकल सेन्टरमा पुर्याइएको थियो । श्रीमती बराल, स्वप्नील तथा सन्तोषलाई साधारण साधारण चोटपटक लागे पनि डा. बराल उक्त दुर्घटनाबाट सख्त घाइते हुनु भएको जानकारी प्राप्त भएको छ । वहाँको उपचारको क्रममा डाक्टरहरूले पत्ता लगाए अनुसार केही रक्त-नशाहरू (Artery ruptures) फुटेको र पेटभित्र रगत बगिरहेको पाइएकोले उहाँलाई तत्कालै हेलिकप्टरबाट गेसिंगर मेडिकल सेन्टरमा पुर्याइएको थियो जहाँ ४ जनवरीका दिन उहाँको सफल अपरेसन भएको थियो । पारिवारिक सुत्रका अनुसार स्वास्थ्यमा सुधार भएकाले हाल उहाँलाई जेनेरल वार्डमा सारिएको छ ।
छोरा स्वप्नीलको दिक्षान्त समारोहमा भाग लिन नेपालबाट गत महिना अमेरिका आउनुभएका बराल दम्पति यही फेब्रुअरीको पहिलो हप्ता नेपाल फर्किने योजना थियो । अचानक उक्त दुर्घटना घट्न गएकाले उहाँहरूको अमेरिका बसाई लम्बिने भएपछि उहाँहरूलाई आर्थिक संकट पर्नगएको छ । अमेरिकामा बसोबास गर्ने केही नेपालीहरूले कृष्णहरि बराल सहयोग कोषको स्थापना गरेका छन् र सो कोषले आर्थिक सहयोगको लागि आव्हान गरेको छ । सहयोगको सम्बन्धमा विस्तृत जानकारीका लागि निम्न व्यक्तिहरूसँग सम्पर्क गर्न सकिने कोषका प्रतिनिधिले बताएका छन् ।
नेपाली केन्द्रीय विभाग वहाँको शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्छ।
No comments:
Post a Comment