Tuesday, October 5, 2010

नेपाली समालोचनाको सबैभन्दा ठूलो पुस्तक

- अशोक थापा
आङ सिरिङ्ग हुन्छ! अन्तस्करणमा जनयुद्धको बिम्ब सम्झँदा पनि। कतिलाई रुवायो जनयुद्धले; के यो रुवाइ सार्थक थियो? यसको लेखाजोखा हुन निकै समय लाग्ने छ। नेपाली माटोमा यसको आवश्योकता र उपयोगिता कति थियो? त्यो पनि बहसको छुट्टै विषय हो। नेपालमा जनयुद्ध-विकासको गुणोत्तर श्रेणी हेर्दा यो मूल्यहीन थिएन भन्ने निष्कर्ष पनि निकाल्न सकिन्छ। युद्ध देख्दा एक पृथक सामन्य घटनावली देखिए पनि यसले सामाजिक संरचनाका विविध पाटा र क्षेत्रलाई प्रभावित पार्दो रहेछ।समाजमा समाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक आदि विविध पक्षहरूलाई उद्वेलित गर्दै रगतले कोरिएको एउटा अमीट मार्ग बनाउँदो रहेछ युद्धले।यस्तै विविध क्षेत्रजस्तै जनयुद्धकालीन समयमा परिवर्तित मोडसहित क्रियाशील रहेको अर्को महत्त्वपूर्ण क्षेत्र भनेको साहित्य क्षेत्र हो। नेपाली साहित्यको ऐतिहासिक यात्राका क्रममा जनयुद्धको थालनीसँगै एक नवीनतम् भुइँचालो आयो यसले विचार, चिन्तन, संरचना र जीवनदर्शनमा व्यापक हेरफेर ल्यायो। बन्दुकका नालबाट जति गोली ओकलिए कलमका टुप्पाबाट उत्ति नै सशक्त सुललित विचार सम्प्रेषित भए। रगतका होलीमा गोलीका कहानी, रगतका मसी र कलमका निभभरि सिर्जनाका सुवासिला धुनहरू एकैसाथ ओइरिए हेर्नुस् त कस्तो विरोधाभाष छ, यी दुई बिम्बहरूमा। भर्खर आएर यस्तै बिप्ल्याँटाहरूभित्र पनि सुन्दरता खोज्ने काम भएको छ सो काम भनेको पुस्तकप्रकाशनको काम हो।यस्तै प्रकाशित पुस्तकको चर्चा यस सन्दर्भमा हुँदै छ, त्यस पुस्तकको नाम हो ‘मार्क्सवादी साहित्य र जनयुद्धको सौन्दर्य’।
आकारका दृष्टिदले नेपाली समालोचनाको सायद सबैभन्द ठूलो ग्रन्थ। त्यसको गुणात्मक ओजन कति छ त्यसको प्रतिक्रिया आउन बाँकी रहेको यस पुस्तक विशष गरी जनयुद्धकालीन समयमा सिर्जाना भएका मार्क्सवादी चिन्तनसँग निकट साहित्यिक कृतिहरूको विश्लेमषण यस पुस्तकमा गरिएको छ।जनयुद्धकालीन साहित्यको स्थिति र त्यसअनुरूपको विषयवस्तुको संयोजनका दृष्टिकले यो पुस्तक निकै महत्त्वपूर्ण देखिन्छ।सात खण्ड वा अध्यायमा तथा एक हजार बत्तीस(पृ.१०३२) पृष्ठ्को विशालकाय यस पुस्तक विषयवस्तुका दृष्टिथले पनि कम तौलको छैन।यसमा साहित्यका अधिकांश विधाहरू (कविता, नाटक, आख्यान,निबन्ध तथा गीति) समावेश गरिएको छ।पुष्पककम दहाल ‘प्रचण्ड’ को सुरुवाती मन्तव्यमूलक लेखसहित यसमा एक सय बाह्रवटा लेखहरू समावेश गरिएको छ।यो पुस्तक एकातिर जनयुद्धकालीन समयमा कस्ता प्रकृतिका साहित्यको सिर्जना गरियो भन्ने सन्दर्भमा मूल्यवान देखिन्छ भने अर्कातिर साहित्यका हरफहरूमा जनयुद्धको प्रभाव कस्तो पर्योम भन्ने सन्दर्भलाई उत्तिकै उल्लेख्य रूपमा प्रस्तुत गरिएको छ।जनयुद्धकालीन साहित्यलाई एकमुष्ठ् रूपमा मूल्याङ्कन गर्न, प्रगतिवादी धारामा कलम चलाउने प्रतिभाहरूको मूल्याङ्कन गर्न यो ग्रन्थ विशेष उल्लेखनीय रहेको देखिन्छ।
प्रतिवादी फाँटका छजना (घनश्याम ढकाल, जगदीशचन्द्र भण्डारी, दिल साहनी, खेम थपलिया, हिरामणि दुःखी र सीता आचार्य) सम्पादकको समूहिक काम भएकाले सामूहिक रूपमा पनि निकै उल्लेखनीय कार्य गर्न सकिन्छ भन्ने नमुनाका रूपमा यो पुस्तक प्रकाशित भएको छ।युद्धभित्रको सौन्दर्य र सौन्दर्यशास्त्रपलाई हेर्ने विविध इन्द्रेणीमय विचार यस पुस्तकमा प्रस्तुत भएको छ।नेपाली भाषासहित्यको अध्ययन गर्न चाहने पाठक, जनयुद्धकालीन साहित्य र त्यसभित्रको सौन्दर्य हेर्न चाहने अध्येता तथा वैचारिक दृष्टि्ले युद्धकाल र त्यसको प्रभावको अवलोकन गर्ने चाहने जोसुकैका लागि यो पुस्तक उच्च महत्त्वको छ।पुस्तकालयमा संरक्षण गरी युगयुगसम्म युद्धकालीन सूचनासम्प्रषणका दृष्टिवले पनि यो पुस्तक उपयुक्त छ।
यो एक पक्षीय विचारमूलक सङ्कलन भएकाले मार्क्सवादभन्दा भिन्न विचार राख्नेप त्यसमा पनि नरमपन्थी सुधारवादी कम्युनिष्टदहरूले नाक नेप्र्याएर पढ्न नरुचाउनु यस पुस्तकको दुर्वल पक्ष हुन सक्छ।यसका साथै पुस्कको शीर्षकमै मार्क्सवादी साहित्य भनिएकाले गैरमार्क्सवादी कित्ताले यसको पठन गर्न नसक्नु यस पुस्तकको अर्को सीमा त हुँदै हो। आकार निकै विशाल भए पनि एउटै लेखकका पाँच/छ वटा जतिसम्म लेख समावेश गरिएकाले पाठकहरू नवीन लेखकका पाठनीय स्वाद चाख्नाबाट स्वत: बञ्चियत हुन्छन्। भाषिक त्रुटि हाम्रा प्रकाशनका सर्वस्विकार्य विशेषता भएजस्तै यसमा पनि केही भाषिक त्रुटिहरू देखिन्छन्।यो भाषासम्पादकको समस्या होइन समस्या आधिकारिक नेपाली व्याकरणको नहुँदाको समस्या हो।जनयुद्धलाई सकारात्मक रूपमा हेर्ने, जनयुद्ध युगको आवश्यकता र माग दुवै हो भन्ने मान्यता राख्नेई व्यक्तिहरूमात्र जमघट भएकाले यसको प्रतिपक्ष पाटो शून्य रहनु पनि यस सङ्ग्रहको दुर्वल पक्ष हो। यसै गरी निकै विशालकाय पुस्तक भएकाले यसकि मूल्य पनि उस्तै हुने नै भयो यसर्थ सर्वसधारण पाठकले पुस्तक पढ्न पुस्तकालय धाउनै पर्ने वध्यता रहेको छ।
यसर्थ निष्कर्षमा के भन्न सकिन्छ भने नेपाली साहित्यमा प्रगतिवादी साहित्यको अवस्था विकसित हुने क्रममा छ।सर्वहारा वर्गीय साहित्यमात्र समाजको ऐना र जनताको ढुकढुकीको साहित्य हुन सक्छ।साहित्यले युद्धका यावत पक्षहरूको वहन गरेको हुन्छ।जनयुद्धमा साहित्यको खेती महनीय गतिमा अगाडि बढेको छ।युद्धभित्र फुलेको सौन्दर्य वा विरोधाभाषभित्रको सुन्दर पक्षहरूलाई मार्क्सवादी सौन्दर्यले केलाउँछ आदि आदि। नेपाली साहित्यको इतिहासमा नेपाली समालोचनाको यात्राका क्रममा यति महत्त्वपूर्ण काम गरिदिएर गुन लगाइदिएकोमा सम्पादक मण्डललाई धेरैधेरै धन्यवाद दिँदै आगामी दिनहरूमा पनि यस्तै प्रशंशनीय कार्यको आशा आमपाठकले राखेका छन्।

No comments:

Post a Comment