
नेपाली भाषासाहित्यको पश्चवर्ती समयमा कलम चलाउने साहित्यिक व्यक्तित्वमध्ये सुकुम शर्माको नाम अग्रपङ्तिमा आउँछ। वि.स. २०२७ सालमा स्याङ्जा जिल्लाको गुडिखोला - ५, पुतली बजारमा जन्मेका शर्मा नेपाली केन्द्रीय विभाग कीर्तिपुरमा प्रध्यापनरत छन्।नेपाली भाषासाहित्यको अध्ययनअनुसन्धान तथा व्याकरणक्षेत्रलाई शोधको विशेषक्षेत्र बनाएका शर्मा प्रगतिवादी साहित्येलेखनका उल्लेखनीय प्रतिभा हुन्।
प्रकाशित कृतिहरूअमिला अणु (२०४८)
मर्मै मर्म (२०४९)
नेपाली व्याकरणको ऐतिहासिक सर्वेक्षण (२०५६)
नेपाली व्याकरणको प्रारम्भिक इतिहास (२०५८)
नेपाली भाषामा टर्नरको योगदान (२०५९)
कवि इच्छुक कविताका सन्दर्भमा (२०६०)
लहराका फूलहरू (२०४९,हाइकुसङ्ग्रह)
समयका छर्राहरू (२०५७, मुक्तकसङ्ग्रह)
आगाको यात्रा (२०५७, खण्डकाव्य)
सङ्घर्षशील युवाको डायरी (२०५७, लघुउपन्यास)
अनवरत यात्रा (२०५९,उपन्यास)
लाले र लिलिको कथा (२०६१,बालकथा)
कोम्रोङखोला बाँचे भेट होला (२०५९, निबन्धसङ्ग्रह)
पारिजातका कविताको अध्ययन (२०६२)
समालोचक मोतीराम भट्ट (२०६५)
आँधी खोला क्षेत्रमा प्रचलित उखानको अध्ययन (२०६२)
नेपाली भाषासहित्यमा आन्दोलन (२०६४)
नारीका व्याथा (२०५१,कवितासङ्ग्रह)
आगाको यात्रादेखि आगाको यात्रासम्म (२०६५)
सिर्जनाका परिधिमा भूपि शेरचन (२०६६)
नेपाली व्याकरणका विकासक्रमको अध्ययन शीर्षकमा विद्यावारिधी (२०६७)
No comments:
Post a Comment