Thursday, December 17, 2009

बालकृष्‍ण सम


बालकृष्ण सम
एकाङ्कीकार बालकृष्ण सम र उनको सङ्‌क्षिप्‍त परिचय
परिचय : नेपाली साहित्याकाशमा चम्किला तारा नाटककार बालकृष्ण समको जन्म वि.सं. १९५९ साल माघ २४ गते ज्ञानेश्‍वर, काठमाडौँमा भएको हो। कविता, निबन्धजस्ता, जीवनीलेखनजस्ता क्षेत्रमा कलम चलाए पनि उनको सफलताको क्षेत्र भनेको नाट्यक्षेत्र नै हो। पूणाङ्की र एकाङकी दुःखान्त र सुखान्त दुवै क्षेत्रमा उत्तिकै कुशलताको साथ कलम चलाएका बालकृष्ण समले ऐतिहासिक पौराणिक, सामाजिक तीनै विषयवस्तुका नाटकहरू लेखेका छन्। एकाङ्कीका तहमा पनि विभिन्न प्रकृतिका एकाङकीहरू लेखेका छन्। मुटुको व्यथा अन्धवेग, प्रेमपीण्ड, अमरसिंह, भीमसेनको अन्त्यजस्ता दुःखान्न नाटकहरू लेखेका छन् भने ध्रुव, मुकुन्द इन्दिरा, ऊ मरेकी छैन, म जस्ता सुखान्त नाटकहरू लेखेका छन्। उनको आगो र पानी खण्डकाव्य, चीसो चुल्हो महाकाव्य प्रकाशित भएको देखिन्छ। बालकृष्ण समका प्रतिनिधि कविता नामक कवितासङ्ग्रह पनि उनको प्रकाशित देखिन्छ। हाम्रा राष्ट्रिय विभूतिहरू (२०२४) नामक जीवनिसङ्ग्रह पनि उनले प्रकाशित गराएका छन्। दुई दर्जनभन्दा बढी एकाङ्की सिर्जना गरेका बालकृष्ण सम एकाङकीका तहमा पनि तीनै खालका (सामाजिक, पौराणिक, ऐतिहासिक) विषयवस्तुहरू अवलम्बन गर्छन्। बौद्धिक तथा शास्त्रीय पारामा नाटक तथा एकाङकी सिर्जना गर्ने सम रेडियो नेपालका डाईरेक्टर (निर्देशक), पृथ्वी प्रज्ञा पुरस्कारका विजेता, एक सफल लेखक तथा स्रस्टा हुन्। त्रिभुवन विश्वविद्यालयबाट महाविद्यावारिधिको सम्मान पाएका बालकृष्ण सम लामो समयसम्म साहित्यसेवा गर्दागर्दै वि.स. २०३८ साल श्रावण ६ गते संसारबाट विदा हुन पुगे। यसबाट नेपाली साहित्यलाई अपूरणीय क्षति पुग्न गयो।

समका नाट्यप्रवृत्तिहरू
- नेपाली नाटकलाई आधुनिकतामा पुर्‍याने आधुनिक नाटककार
- गद्य तथा पद्य दुवै शैलीमा नाटक लेख्‍ने नाटककार
- सुखान्तदु:खान्त दुवै खालका नाटक लेख्‍ने नाटककार
- ऐतिहासिक, पौराणिक तथा सामाजिक तीनै प्रकारका नाटक लेख्‍ने नाटककार
- परिष्‍कारवादी शैलीसिल्पको नाटक लेख्‍ने नाटककार
- दार्शनिक बौद्धिक नाटककार

No comments:

Post a Comment