
महाकवि लक्ष्मीप्रसाद देवकोटा
सङ्क्षिप्त परिचय : हाम्रो देश नेपालमा थुप्रै महान् साहित्यिक व्यक्तित्वहरूको जन्म भएको छ। तिनीहरूको नाम लिने क्रममा लक्ष्मीप्रसाद देवकोटाको नाम एक चम्किला नक्षत्रको रूपमा पुकारिन्छ । जसले नेपाली साहित्यको क्षेत्रमा ठूलो योगदान पुर्याएका छन्। उनको जन्म वि.सं. १९६६ साल कार्तिक २७ गते लक्ष्मीपूजाको दिन काठमाडौं डिल्लीबजार धोविधारा भन्ने ठाउँमा भएको हो। साधारणतया उहाँ लक्ष्मीपूजाका दिन जन्मिएकाले उहाँको नाम लक्ष्मीप्रसाद देवकोटा भएको हो भनिन्छ। त्यसैले होला न्वारनमा उनको नाम तिर्थमाधव देवकोटा राखिए तापनि उनी लक्ष्मीप्रसाद देवकोटाको नामबाट चिनिन्छन्। उनको यही नामनै नेपाली साहित्यमा जीवन्त रह्यो। औपचारिक शिक्षा बी.ए, एल.एल.बी (बी.एल्) उत्तीर्ण गरी अङ्ग्रेजी साहित्यमा एम्.ए. सम्म अध्ययन गरेका देवकोटा नेपाल राज्यको शिक्षामन्त्रीसमेत बनेका व्यक्ति हुन् । ‘हुने बिरुवाको चिल्लो पात’ भनेझैं देवकोटा १० वर्षैको कलिलो उमेरदेखि नै कवितालेखनमा क्रियाशील देखिन्छन् । उनको पहिलो कविता ‘पूर्णिमाको जलधि’ हो जुन सर्वप्रथम गोरखापत्र पत्रिकामा प्रकाशित भएको थियो। साहित्यका विविध विधामा कलम चलाएका देवकोटाकोमुनामदन नेपाली साहित्यको बहुचर्चित खण्डकाव्य हो। यस खण्डकाव्यले नेपाली साहित्यमा निकै चर्चा कमाएको छ। कविताको लघु रूपदेखि बृहत् रूप महाकाव्यसम्म सृजना गर्न भ्याएका देवकोटाको पुतली, सुनको विहान, भिखारी, मनोरञ्जन, लक्ष्मी कवितासंग्रह जस्ता कवितासंग्रह प्रकाशित छन् भने कुञ्जिनी, मृनामदन, लुनी, मैनी, सृजामाताजस्ता तीन दर्जनभन्दा बढी खण्डकाव्याहरू प्रकाशित छन्। यसै गरी सुलोचना, शाकुन्तल, महाराणा प्रताप, पृथ्वीराज चौहान, प्रभिथसजस्ता आधादर्जन जति महाकाव्य पनि उनले प्रकाशित गराएका छन्। विशेषगरी कविता विधामा सफलता हासिल गरेका देवकोटाले लक्ष्मी निबन्धसङ्ग्रह, दडिमको रूखनेर जस्ता निभन्धसङ्ग्रह प्रकाशित गराएका छन्। लक्ष्मी कथासङ्ग्रहजस्तो कथासङ्ग्रह, कृषिबाला गीतिनाट्य,सावित्रि सत्यवानजस्तो नाटक पनि प्रकाशित गराएका छन्। देवकोटाले नेपाली भाषामा मात्र होइन अङ्ग्रेजी भाषामा पनि केही कृतिहरू प्रकाशित गराएका छन्। कवितामार्फत् राणशासनको व्यापक विरोध गर्ने देवकोटा राणाशासनको अन्त्य पछि २०१४ सालमा शिक्षामन्त्री समेत बन्न पुगे। जीवनभरी दुःख झेलेका देवकोटालाई मृत्युपश्चात् सम्मान र मानपदवि प्राप्त हुनुका साथै हुलाक टिकट समेत प्रकाशित भएको देखिन्छ। मानवतावादी चिन्तन र प्रकृतिपरख चित्रण गर्न रुचाउने देवकोटा स्वच्छन्दवादी भावधारका प्रमुख नेपाली साहित्यकार हुन्। छन्द र गद्यलय दुवैमा उत्तिकै सशक्त कविता लेख्ने महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्वच्छदतावादीपन, क्रान्तिकारी विचारधारा र विद्रोही स्वभाव राख्नु उनको प्रमुख विशेषता हो। क्यानसर जस्तो भयानक रोगसँगै सङ्घर्ष गर्दागर्दै वि.स. २०१६ साल भाद्र २९ गते ५० वर्षको उमेरमा उनको काठमाडौंमा निधन भयो। । साहित्यिक योगदानका कारण आज उनी मरेर गए तापनि उनका बहुमूल्य कृतिमार्फत् हामीमाझ जीवन्त भइरहेका छन्, अमर भइरहेका छन्।
प्रकाशित कृतिहरू
पुताली, भिखारी, लक्ष्मी कवितासङ्ग्रह, लक्ष्मी गीतसङ्ग्रह,आदी किविता तथा गीतसङ्ग्रह।
मुनामदन, राजकुमार प्रभाकर, कुञ्जिनी, पहाडी पुकार आदि खण्डकाव्य।
शाकुन्तल, सुलोचना, महाराणा प्रताप, वनकुसुम, आदि महाकाव्य।
सावित्रि सत्यावन (नाटक १९९७), लक्ष्मी निबन्धसङ्ग्रह (२०००) र दाडिमको रूखनेर (२०३९) निबन्धसङ्ग्रह, लक्ष्मी कथासङ्ग्रह (?)
कवितात्क विशेषता / प्रवृत्तिहरू
- स्वच्छन्दतावादी भावधाराका कवि,
- प्रकृतिचित्रण गर्न रुचाउने कवि,
- मानवतावादी धारणाका कवि,
- स्वतस्फूर्त कविता लेख्ने कवि,
- छन्दसहित र मुक्तलय दुवैमा कविता लेख्ने कवि,
- संवेदनशील र भावुक कवि,
No comments:
Post a Comment