Saturday, December 26, 2009

प्रा.डा. मोतीलाल पराजुली

कास्की जिल्लाको चापाकोट भन्ने ठाउँमा जन्मेर नेपाली भाषासाहित्य तथा लोकसाहित्यको अध्यन-अनुसन्धान तथा प्राध्यापन गर्दै आएका पराजुली नेपाली लोकसाहित्यका आधिकारिक अध्येता मानिन्छन्। नेपाली केन्द्रीय विभागमा कार्यरत पराजुली अन्यन्त्यै शालीन सोझा प्रकृतिका व्यक्तित्व लाग्छन्। पद प्रतिष्ठाकका लागि झिनाझम्टीमा पटक्कै विश्वास नगर्ने पराजुली कर्ममा विश्वास गर्ने स्रष्टा हुन्।
प्रकाशित कृतिहरू
नेपाली लोकगाथा (२०४९), नेपाली रचना कला (२०५३), धर्मात्मा राजा (२०५८), नेपाली लोकनाटक : सिद्धान्त र विवेचना (२०६१)
सोरठी नृत्यनाटिका सैद्धान्तिक अध्ययन (२०६३)
नेपालमा प्रचलित नृत्य र नृत्यनाटिकाहरू (२०६३)
सम्मान पुरस्कार
शिक्षा पुरस्कार (२०६१), महेन्द्र विद्याभूषण ‘क’, सैनध्वज-नन्दकुमारी विद्वात् वृत्ति (२०६१)

No comments:

Post a Comment