Monday, June 13, 2011
नेपाली विभागमा सम्पन्न गरिएका शोधपत्रहरू
अब नेपाली केन्द्रीय विभागबाट सम्पन्न भएका शोधपत्रहरूको सूची अनलाईन हेर्न पाइने भएको छ। यस विबागबाट सम्पन्न गरिएका विगत ४५ वर्ष (२०२५ साल) देखि हालसम्मका शोध पत्रहरू यस ब्लगमा राखिएका छन्।विशेष गरी अकारादी र कालक्रमलाई विशेष प्राथमिकतामा राखेर यसको व्यवस्थापन गरिएको छ। यस विभागबाट शोधलेखन कार्य निरन्तर चलिरहने भएकाले यसलाई अद्यावधिक गर्दै लगिने छ।
Sunday, January 30, 2011
कवयत्री ओमी शर्माको निधन
नेपाली कविता साहित्यमा निकै सक्रियताका साथ क्रियाशील साहित्यकार ओमी शर्माको असामयिक निधन भएको छ। २०६७ असोज ९ गते उनको निधन भएको हो। उनी नेपाली केन्द्रीय विभाग अन्तर्गत वैदेशिक स्नातक कार्यक्रम सँग सम्बन्धित हुनु हुन्थ्यो। शर्मा मुटो रोगको बिरामी हुनुहुन्थ्यो। उनका सहेली, मार्ग, हवा जस्ता फुटकर कविताहरू चर्चित छन्। उनको स्मृतिमा कोक (कोठे कविता) गोष्ठी जस्ता कार्यक्रम सञ्चालन भएका छन्। उनको तस्वीर मदन पुरस्कार पुस्तकालयमा संरक्षित छ। नेपाली केन्द्रीय विभाग उहाँको निधन प्रति दु:ख व्यक्त गर्छ।
Subscribe to:
Posts (Atom)