Sunday, January 30, 2011

गीतकार कृष्णहरि बराल दुर्घटनामा


नेपाली गीत गजल क्षेत्रका विशिष्‍ट व्यक्तित्व तथा नेपाली केन्द्रीय विभागका सह-प्राध्यापक डा. कृष्णहरि बराल अमेरिकाको पारिवारिक भ्रमणका क्रममा कार दुर्घटनामा परी घाइते हुनु भएको कुरा सुमन बास्कोटाले जानकारी दिनु भयो। अमेरिकी सहर बोष्टनबाट ओहायो जाने क्रममा पत्‍नी सुष्मा, छोरा स्वप्नील र छोराको साथी सन्तोष अधिकारी समेत चढेको सो गाडी २ जेनवरीको साँझ पेन्सिलभेनियामा दुर्घटनाग्रस्त भएको थियो ।

गाडीमा सवार चारैजनालाई एम्बुलेन्सव्दारा तत्काल सटेट पार्क स्थित माउन्ट निट्टी मेडिकल सेन्टरमा पुर्‍याइएको थियो । श्रीमती बराल, स्वप्नील तथा सन्तोषलाई साधारण साधारण चोटपटक लागे पनि डा. बराल उक्त दुर्घटनाबाट सख्त घाइते हुनु भएको जानकारी प्राप्त भएको छ । वहाँको उपचारको क्रममा डाक्टरहरूले पत्ता लगाए अनुसार केही रक्त-नशाहरू (Artery ruptures) फुटेको र पेटभित्र रगत बगिरहेको पाइएकोले उहाँलाई तत्कालै हेलिकप्टरबाट गेसिंगर मेडिकल सेन्टरमा पुर्‍याइएको थियो जहाँ ४ जनवरीका दिन उहाँको सफल अपरेसन भएको थियो । पारिवारिक सुत्रका अनुसार स्वास्थ्यमा सुधार भएकाले हाल उहाँलाई जेनेरल वार्डमा सारिएको छ ।

छोरा स्वप्नीलको दिक्षान्त समारोहमा भाग लिन नेपालबाट गत महिना अमेरिका आउनुभएका बराल दम्पति यही फेब्रुअरीको पहिलो हप्ता नेपाल फर्किने योजना थियो । अचानक उक्त दुर्घटना घट्न गएकाले उहाँहरूको अमेरिका बसाई लम्बिने भएपछि उहाँहरूलाई आर्थिक संकट पर्नगएको छ । अमेरिकामा बसोबास गर्ने केही नेपालीहरूले कृष्णहरि बराल सहयोग कोषको स्थापना गरेका छन् र सो कोषले आर्थिक सहयोगको लागि आव्हान गरेको छ । सहयोगको सम्बन्धमा विस्तृत जानकारीका लागि निम्न व्यक्तिहरूसँग सम्पर्क गर्न सकिने कोषका प्रतिनिधिले बताएका छन् ।
नेपाली केन्द्रीय विभाग वहाँको शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्छ।

नेपाली केन्द्रीय विभाग विभागीय पुस्तकालयमा रहेका पुस्तकहरूको सूची यस प्रकार रहेको छ:

हिन्दी भाषाका पुस्तकहरू
क्र.स........लेखक...................शीर्षक................प्रकाशक
१. आचार्य लोकमणि दाहाल, साहित्यदर्पण- चौखम्बा सुरभारती प्रकाशन
२. वाचस्पति गैरोला, वैदिक साहित्य और संस्कृति- चौखम्बा संस्कृत प्रतिष्ठान दिल्ली
३. रामकुमार राय, वैदिक माइथौलोजी (वैदिक पुराकथाशास्त्र)- चौखम्बा विद्याभवन वाराणसी
४. राजवंश सहाय हीरा, संस्कृत साहित्य कोश- चौखम्बा संस्कृत प्रतिष्ठान
५. भुवनवाणि ट्रस्ट, नेपाली भानुभक्तीय रामायण- भुवनवाणि ट्रस्ट
६.डाँ. विद्यानिवास मिश्र, भारतीय भाषाशास्त्रीय चिन्तन की पीठिका-बिहार राष्ट्रभाषा पटना
७. डाँ. ब्रज बल्लभ शर्मा, भवभूति के नाटक- मध्यप्रदेश हिन्दी ग्रन्थ अकादमी, भोपाल
८. डा. श्यामा वर्मा, आचार्य राजशेखर- मध्यप्रदेश हिन्दी ग्रन्थ अकादमी, भोपाल
९. डां तनूजा तिवारी, प्रगतिशील कवितामें सौन्दर्य चिन्तन- भारतीय भाषापीठ, नयी दिल्ली
१०. डाँ. शिवदत्त ज्ञानी, वेदकालीन समाज- चौखम्बा विद्याभवन, वाराणसी
११ . नामवर सिंह, कविता के नए प्रतिमान राजकमल प्रकाशन नयी दिल्ली, इलाहावाद
१२ . वामन शिवराम आप्टे, संस्कृत हिन्दी कोश-मोतीलाल बनारसीदास पब्लिशर्स दिल्ली
१३.देवीदत्त शर्मा,संस्कृत का ऐतिहासिक एवं संरचनात्मक परिचय- हरियाणा साहित्य अका.
१४. आल्बेयर काम, प्लेग- राजकमल प्रकाशन नयी दिल्ली, पटना
१५. डाँ नेमिचन्द्र शास्त्री, महाकवि भास- मध्यप्रदेश हिन्दीग्रन्थ अकादमी, भोपाल
१६. डाँ रामेश्वप्रसाद सिंह, मूल्यांकन के नये आयाम- पारिजात प्रकाशन, डाक बंगला रोड, पटना
१७. डाँ शोभाकान्त मिश्र, काव्यगुणो का शास्त्रीय विवेचन- बिहार हिंदी ग्रंथ अकादमी पटना
१८ . डाँ रेवाप्रसाद द्धिवेदी, आनन्दवर्धन- मध्यप्रदेश हिन्दीग्रन्थ अकादमी, भोपाल
१९. गजानन माधव, मुक्तिबोध नये साहित्य का सौन्दर्यशास्त्र- राधाकृष्ण प्रा.लि.
२०. निर्मला जैन, नित्यानंद तिवारी, इतिहास और आलोचना के वस्तुवादी सरोकार- राधाकृष्ण प्रा.लि