साउन,८, काठमाडौँ, आफूलाई अमृतरूपी ज्ञान बाँड्ने गुरुहरूको सम्मानमा नेपाली केन्द्रीय विभागमा गुरू पुर्णिमा मनाइएको छ। प्रारम्भमा नेपाली केन्द्रीय विभागमा अध्ययनरत स्नातकोत्तर तहका विद्यार्थीहरूले गुरुको सम्मानमा गुरुपूर्णिमा मनाएका थिए भने साँझ विभागमा अध्ययनरत एम्.फिल्का विद्यार्थीहरूले गुरूहरूप्रति श्रद्धा व्यक्त गरेका थिए।उक्त कार्यक्रममा नेपाली विभागका पूर्व विभागीय प्रमुख प्रा.डा.वासुदेव त्रिपाठीले गुरु र चेलाका बीचमा सधैं समुधुर सम्बन्ध हुनु पर्ने कुरा व्यक्त गर्नुहुँदै सबै एम्.फिल्.अध्ययनरत विद्यार्थीहरूले यसै विश्वविद्यालयबाट पि.एच्.डी गर्न सकून् भन्ने शुभकामना व्यक्त गर्नु भयो।यसै गरी नेपाली केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.राजेन्द्र सुवेदीले गुरुपूर्णिमाका सन्दर्भमा सबैलाई शुभकामना व्यक्त गर्नुहुँदै यस विभागको एम्.फील्.मा त्रि.वि का अन्य विभागमा जस्तो विकृति नआओस् भन्ने विचार व्यक्त गर्नु भयो।उक्त कार्यक्रममा प्रा.डा.चुडामणि बन्धु, प्रा.डा.दयाराम श्रेष्ठ, प्रा.डा.देवीप्रसाद गौतम, प्रा.डा.मोतीलाल पराजुली, प्रा.डा.महादेव अवस्थी,प्रा.केशव सुवेदी,सह.प्रा.डा.ताराकान्त पाण्डेलगायतका शिक्षकहरूको उपस्थिति थियो।
Sunday, July 25, 2010
नेपाली विभागमा गरुपूर्णिमा मनाइयो

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment