
Thursday, December 17, 2009
विभागीय प्रमुख Head of Depart
यहि मिति २०६८ असारदेखि प्रा राजेन्द्र सुवेदीले उमेरका आधारमा अवकाश प्राप्त गरेपछि नेपाली केन्द्रीय विभागका विभागीय प्रमुख यसै केन्द्रीय विभागका प्रा डा देवी प्रसाद गौतम विभागीय प्रमुख हुनु भएको छ,विश्वविद्यालयमा उपकुलपतिको पद रिक्त रहेकाले उहाँ निमिप्त वा कामु विभागीय प्रमुख मात्र रहनु भएको हो।{parent.deselectBloggerImageGracefully();} catch(e) {}" href="https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgospowBJaL8A1x4_TJFYBlSlrY2cSgqvzB6KS1jbt-X3vzaMCJMgC8j4a1U2wFPAtWGMcFK6Qk1ptrycD0v9og-W2Xj39qlt0_Qbdcm0y4wIwe2bOp_C8eZSrWDw4uyHk1mt9d177RfWJh/s1600-h/edite+rajen_1.jpg">
नेपाली केन्द्रीय विभागका निवर्तमान विभागीय प्रमुख प्रा.राजेन्द्र सुवेदी हुन् । उनको कार्यकालमा नेपाली विषयमा एम्.फिल् कार्यक्रम सुरु भएकाले यसलाई ऐतिहासिक महत्त्वका साथ हेरिएको छ । सुवेदी नेपाली सामालोचना तथा निबन्ध क्षेत्रका विशिष्ट व्यक्तित्व पनि हुन् । नेपाली साहित्यसमालोचनाको इतिहासमा राजेन्द्र सुवेदी एक सफल सामलोचकका रूपमा पनि स्थापित छन् । विशेष गरी सामालोचक व्यक्तित्व सुवेदीको लेखनक्षेत्र निबन्ध विधा पनि हो । दर्जनौँ कृतिहरू प्रकाशित गरिसकेका सुवेदीका सयौँ फुटकर लेखहरू विभिन्न पत्रपत्रिकामा छरिएर रहेका देखिन्छन् ।

प्रकाशित कृतिहरू
समालोचनात्मक कृतिहरू
विषय गहन सतह चिन्तन (२०३८)
स्रस्टा सृष्टि द्रष्टा दृष्टि (२०४३)
समवर्ती साहित्यकारहरू र झपटबहादुर राणा (२०४८)
सृजन विधाका परिधिमा पारिजात (२०५३)
सृजन विधाका परिधिमा ध्रुवचन्द्र गौतम (२०५३)
नेपाली उपन्यास परम्परा र प्रवृत्ति (२०५३)
सिर्जनात्मक लेखन : सिद्धान्त र विश्लेषण (२०५७)
नेपाली समालोचना परम्परा र प्रवृत्ति (२०६१)
निबन्धात्मक कृतिहरू
खाली शिशी पुराना कागज (२०४९)
मेरो यात्रा मेरै परिवेशभित्र (२०५४)
अब मेरो क्यासेट बन्द हुन्छ (२०५६)
गुडबाइ जानेहरूलाई (२०६५)
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment