Thursday, December 17, 2009

नेपाली केन्द्रीय विभाग कीर्तिपुर, काठमाडौँ, ।


नेपाली केन्द्रीय विभागको इतिहास आज पचास वर्षको रहेको छ । वि.स. २०१६ सालमा त्रिभुवन विश्‍व - विद्यालयको स्थापन भएपछि सँगै यसै विश्‍वविद्यालयअन्तर्गतको एक विभागका रूपमा नेपाली केन्द्रीय विभागको स्थापना भएको हो । नेपाली भाषा - साहित्यको श्रीवृद्धिमा नेपाली केन्द्रीय विभागले जेजति योगदान दिन सक्यो त्यो ऐतिहासिक मूल्यको रहेको छ। मोफसलमा रहेका नेपाली शिक्षण संस्थाहरूको केन्द्रको रूपमा पनि नेपाली केन्द्रीय विभागलाई लिने गरिन्छ। नेपाल अधिराज्यको संविधान २०४७ ले नेपाली भाषालाई राष्‍ट्रभाषाका रूपमा परिभाषित गरेकोमा हाल आएर आन्तरिम संविधान २०६३ ले नेपाली भाषासमान अन्य राष्‍ट्रिय भाषालाई पनि उत्तिकै महत्त्व दिएको परिप्रक्ष्यमा नेपाली भाषा नेपालीहरूको अधिकले प्रयोग गर्ने भाषा भने हुँदै हो। नेपाली भाषासाहित्यको विकासमा यस विभागको ऐतिहासिक योगदान रहेको छ।नेपाली केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालयअन्तर्गतको एक महत्त्वपूर्ण विभाग हो।

No comments:

Post a Comment