Thursday, December 17, 2009

लेखनाथ पौड्‍याल


सङ्‌क्षिप्‍त परिचय
वि.स. १९४१ साल पुस २६ गते कास्की जिल्लाको अर्घौँ अर्चले भन्ने ठाउँमा जन्मेका लेखनाथ पौड्याल नेपाली साहित्यमा कवि शिरोमणि उपाधिले सुपरिचित छन्।संस्कृत विषयमा मध्यमा (आइ.ए) तहसम्म औपचारिक शिक्षा हासिल गरेका पौड्याल विशेष गरी कवितालेखन र नाट्यसिर्जमा क्रियाशील साहित्यिक व्यक्तित्व हुन्।अनुवादपरम्परामा विकसित भइरहेको नेपाली कवितासाहित्यलाई आधुनिक कालमा प्रवेश गराउन उनको महत्त्वपूर्ण योगदान रहेको देखिन्छ।

प्रकाशित कृतिहरू
उनका लालित्य भाग १ (२०१०), लालित्य भाग २ (२०२५), कविशिरोमणि लेखनाथ पौड्यालका प्रतिनिधि कविता (२०४१), लेखनाथका प्रमुख कविता (२०४६), ऋतुविचार (खण्डकाव्य, १९७३,१९९०), बुद्धिविनोद (खण्डकाव्य, १९७३), सत्यकलि संवाद (खण्डकाव्य, १९७६),गीताञ्‍जली (खण्डकाव्य,१९८६), त्याग र उदयको अमर प्रकाश (खण्डकाव्य,२००२),अमर ज्योतिको सत्य स्मृति (खण्डकाव्य,२००८) तरुण-तपसी (नव्यकाव्य,२०१०), मेरो राम (खण्डकाव्य,२०११), गंगागौरी (अपूर्ण महाकाव्य २०१८-२०२२) जस्ता कवितात्मक कृतिहरू प्रकाशित छन् भने उनाका भर्तुहरिनिर्वेद (१९७४) र लक्ष्मीपुजा (१९९४) नामक नाट्यकृति पनि प्रकाशित देखिन्छन्। यसबाहेक उनाक सूक्तिसिन्धु कवितासङ्ग्रह र जोगमण्डलीका कवि र कविता आदि कृतिमा केही फुटकर रचनाहरू पनि प्रकाशित देखिन्छन्।

कवितात्क विशेषता / प्रवृत्तिहरू
-आध्यात्मिक तथा धार्मिक विषयवस्तुका कवि,
-शास्त्रीय छन्दमा कलम चलाउने कवि,
-मानवतावादी विचारधाराका कवि,
-प्रकृतिचित्रणमा रमाउने कवि,
-पूर्वीय दर्शनलाई आफ्नो मूल आदर्श बनाउने कवि,
-विभिन्न अलङ्कार प्रयोगमा माहिर कवि,
-नीतिपक्षलाई विशेष जोड दिने कवि,
-शृङ्गारिकतालाई विशेष जोड दिने कवि आदि।

सम्मान तथा पुरस्कार
राज्यको तर्फबाट कविशिरोमणि उपाधी (२००८)
सार्वजनिक रथयात्रा तथा अभिनन्दन (२०११)
हुलाक टिकट प्रकाशन (२०२३)
त्रिभुवन पुरस्कार (२०२६)
यसरी नेपाली साहित्यका त्रिमुर्ति (लेखनाथ पौड्याल, बालकृष्‍ण सम, लक्ष्मीप्रसाद देवकोटा) मध्येका एक हस्तीका रूपमा पौड्याललाई नेपाली साहित्यमा श्रद्धाका साथ मूल्याङ्कन गर्ने गरिन्छ।यस्ता परिष्‍कारवादी कवि लेखनाथ पौड्यालको वि.स. २०२२ साल फागुन ७ गते देवघाटमा निधन हुन पुग्‍यो।

No comments:

Post a Comment